नरेन्द्र मोदीले भने: नेपालसँगको सम्बन्ध अब झन् मजबुत बन्छ
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान भिडियोमार्फत मणिपुर खानेपानी परियोजनाको शिलान्यास गर्दै यस परियोजनाले छिमेकी मुलुकसँगको सम्बन्ध थप बलियो हुने बताएका छन् ।
उनले ट्विट गर्दै यस परियोजनाले नेपाल, भूटान, म्यानमार र बंग्लादेशसँगको सामाजिक र व्यापारिक सम्बन्धलाई मजबुत बनाउने बताएका छन् ।
उनले भनेका छन्, “यसले एकतर्फ नेपाल, भूटान, म्यानमार र बंग्लादेशसँगको सामाजिक र व्यापारिक सम्बन्धलाई मजबुत बनाउनेछ भने अर्कोतर्फ भारतको एक्ट इस्ट पोलिसीलाई पनि सशक्त बनाउने छ ।”
उनले सडक, हवाइ, जल र आई (इन्टरनेट) मार्गसँगै ग्यास पाइपलाइनका लागि पनि आधुनिक संरचना उत्तरपूर्वी क्षेत्रमा निर्माण भइरहेको जानकारी गराएका हुन् । उनले विगत ६ वर्षदेखि उत्तरपूर्वी क्षेत्रमा संरचना निर्माणमा हजारौं करोड लगानी भइरहेको बताए ।
उनले भने, “उत्तरपूर्वी क्षेत्र एकप्रकारले पूर्वी एसियाका साथ हाम्रो प्राचिन सांस्कृतिक सम्बन्ध र भविष्यको ट्रेड, ट्राभल र टुरिजम्को सम्बन्धको गेटवे हुनेछ । यही सोचका साथ मणिपुरसहित पूरै उत्तरपूर्वी क्षेत्रमा कनेक्टिभिटी र संरचना निर्माणलाई निरन्तरता दिइने छ ।”
उनले हरेको चुलामा एलपीजी ग्यास, गाउँमा सडक, बेघर गरीबका लागि आवास भएको र स्वच्छ खानेपानी आयोजना पनि बन्दै छ । यही मिसनमा हामी अघि बढेका छौं