यसकारण फेरी आउदै छन् मोदी नेपाल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

यसकारण फेरी आउदै छन् मोदी नेपाल



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौ पटक पुनः नेपाल भ्रमणमा आउने भएका छन् ।

गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणको लागि प्रधानमन्त्री मोदी मंसिरको दोस्रो साता नेपाल आउन लागेको भारतीय दुतावास स्रोतले जनाएको छ ।

पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ ।

प्रधानमन्त्री मोदीले मंसिरको १२ र १३ गते नेपाल भ्रमण गर्ने तयारी गरेको छ । मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ ।

यसअघि गत १४–१५ भदौमा काठमाडौंमा भएको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा भाग लिन आएका थिए ।

त्यसअघि बैशाखको अन्तिम साता धार्मिक भ्रमणमा आएका मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए ।

भारतको १४ औँ प्रधानमन्त्री बनेपछि उनले २०७१ जेठमा पहिलो पटक नेपालको भ्रमण गरेका थिए । त्यस लगत्तै मोदी त्यसै वर्ष मंसिर १० र ११ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सिलसिलामा नेपाल आएका थिए .