मोदीको २९ घन्टे कार्यक्रमको नालीबेली - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

मोदीको २९ घन्टे कार्यक्रमको नालीबेली



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौ र मुक्तिनाथकमा साढे २९ घन्टा विताउने भएका छन् ।

तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ ।

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान नयाँदिल्लीबाट विहारतको राजधानी पटना हँुँदै भारतइि हवाई सेनाको विशेष हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउनेछन् ।

त्यहाँ उनलाई सरकारमा मन्त्रीले स्वागत गर्नेछन् ।

त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन् । जहाँ प्रधानमन्त्री केपी शर्मा आलीले उनको स्वागत गर्ने कार्यक्रम छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।