माल्दिभ्ससँग मोदीले गरे ६ सम्झौता - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

माल्दिभ्ससँग मोदीले गरे ६ सम्झौता



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो राजकीय भ्रमणमा माल्दिभ्स पुगेका छन । माल्दिभ्ससँग उनले ६ वटा सम्झौता गरेका छन्।

शनिबार भारतका प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिले संयुक्त वक्तव्य जारी गर्दै ती सम्झौताबारे जानकारी दिएका हुन्। वक्तव्यअनुसार भारत र माल्दिभ्सले समुद्र तट निरीक्षण रडार प्रणाली र मालिदभ्स राष्ट्रिय सुरक्षा बललाई तालिमको संयुक्त उद्घाटन गरेका छन्।

भारतीय जलसेना र माल्दिभ्स राष्ट्रिय सुरक्षा बलबीच ‘ह्वाइट सिपिङ’ सूचना सम्बन्धी अर्को प्राविधिक सम्झौता पनि गरिएको छ। त्यसैगरी, जलसर्वेक्षण, स्वास्थ्य, समुद्री यातायात, निजामती सेवा तालिमबारे पनि महत्त्वपूर्ण सम्झौता गरिएको थियो।

माल्दिभ्सको संसद मजलिलाई सम्बोधन गर्दै मोदीले राज्य स्तरबाट चलेको आतंकवादको विरोध गरेका थिए। त्यसै गरी, चीनलाई इंगित गर्दै मोदीले कर्जाको कूटनीतिबाट सचेत रहनुपर्ने पनि बताए।

यसै अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई माल्दिभ्सका राष्ट्रपति सोलिले ‘द रुल अफ निशान इज्जुद्दीन’ मानपदवी प्रदान गरेका थिए। यो माल्दिभ्सको सबैभन्दा ठूलो मानपदवी हो।

मोदी आज बिहान कोलम्बोमा चार घन्टाका लागि श्रीलंकाको कोलम्बो जाँदै छन्।