मोदिबारे नयाँ खुलासा - मेकअपमा मात्र हरेक महिना ८० लाख खर्च - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोदिबारे नयाँ खुलासा – मेकअपमा मात्र हरेक महिना ८० लाख खर्च



एजेन्सी -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । यसमा उनको मेकअपमा हरेक महिना ८० लाख भारु खर्च हुने दाबी गरिएको छ ।

करिब ४५ सेकेन्डको यो भिडियोमा केही ब्युटिसियन र स्टाइलिस मोदीको वरिपरि देखिन्छन् । फेसबुक र ट्वीटरमा यो भिडियो हज्जारौं पटक हेरिसकिएको छ भने सयौं पटक सेयर गरिएको छ ।

धेरैले सोसल मिडियामा यो भिडियोसँग लेखेका छन्, ‘यी गरिबका छोरा मेकअप गराइरहेका छन् । आइटीआईमार्फत् खुलासा भएको छ कि यस्तो श्रृङ्गारका लागि ब्युटिशियनलाई ८० लाख भारु प्रतिमहिना तिनुपर्छ ।’

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीसहित पोष्ट गरियो जसलाई करिब ९५ हजार पटक हेरिसकिएको छ । तर बीबीसीले आफ्नो अनुसन्धानमा भिडियो त सही भएको तर यसलाई गलत सन्दर्भसहित सेयर गरिएको पत्ता लागेको छ । साथै भिडियोमा जो व्यक्ति मोदीसँग देखिएका छन् ती उनका नीजि मेकअप आर्टिस्ट नभएको पत्ता लागेको छ ।