मोदीले सके २ हजार २१ करोड भारतीय रुपैयाँ !
भारत । प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले आफ्नो ५५ महिने प्रधानमन्त्री कालमा वैदेशिक भ्रमणमा २ हजार २१ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।
सन २०१४ मा सत्तामा आएका प्रधानमन्त्री मोदीले ४ वर्ष ७ महिना अवधिमा धेरै विदेश यात्रा गर्ने दोस्रा भारतीय प्रधानमन्त्रीको रेकर्ड बनाएका छन् । मोदी अघि १५ वर्षे कार्यकालमा इन्दिरा गान्धी धेरै विदेश भ्रमण गर्ने प्रधानमन्त्री थिइन् । उनले १ सय १३ देशको भ्रमण गरेकी थिइन् । गान्धीले ९२ देशमा दुईपटक भ्रमण गरे । अर्का प्रधानमन्त्री डा. मनमोहन सिंहले दशवर्षे कार्यकालमा ९३ देशको भ्रमण गरे ।
तर प्रधानमन्त्री मोदीले ४ वर्षमा ९२ देशको भ्रमण गरे । दोस्रो कार्यकालमा प्रधानमन्त्री मनमोहन सिंहले गरेको भ्रमणमा १ हजार ३ सय ५० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । अर्थात् एउटा देशमा भ्रमण गर्दा मनमोहन सिंहले २७ करोड रुपैयाँ खर्च गरे ।
प्रधानमन्त्री मोदीले चार्टर्ड फ्लाइट गरेर फ्रान्स, जर्मनी र क्यानडा जाँदा ३१.२५ करोड भारतीय रुपैयाँ सकिएको थियो । भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुले सन १९४७ देखि १९६२ सम्ममा ६८ देशमा भ्रमण गरेका थिए । सन १९४९ को अक्टोबरमा पहिलो विदेश यात्रा अमेरिका भ्रमण गरेका थिए ।