मोदीले तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाइछाड्ने’ - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

मोदीले तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाइछाड्ने’



काठमाडौं, २४ चैत ।

नेपाल हिन्दूराष्ट्र पूनर्स्थापना केन्द्रका संस्थापक अध्यक्ष विष्णु प्रसाद बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने खुलासा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीजीले जसरीपनि नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्नुहुन्छ, नेपाल हिन्दूहरुको आस्थाको राष्ट्र हो। उनले नेपाललाई हिन्दूराष्ट्र बनाउने योजना अनुसार नै मोदीले उत्तर प्रदेशमा योगीजीलाई मुख्यमन्त्री बनाएको स्पष्ट पारे ।

बरालले नेपाललाई हिन्दूराष्ट्र पूर्नस्थापना नगरेसम्म आफूहरुको अभियान जारी रहने बताए् । उनले भने, ‘नेपालमा ९४ प्रतिशत हिन्दूहरु छन्, मोदीको चाहना नेपाललाई विश्वमा एकमात्रै हिन्दूराष्ट्र बनाउने हो, त्यो बनाउन हामी गृहकार्यमा जुटेका छौं, पश्चिमाहरुको ईशारमा नेपाललाई धर्मनिरपेक्ष बनाईयो, यो कुनै पनि हालतमा मान्य छैन, धर्मनिरपेक्ष खारेज गराएरै छाड्छौं ।’

उनले नेपालजस्तो हिन्दूवादीहरुबो बाहुल्य रहेको मुलुकमा धर्मनिरपेक्षता लागु गर्नु भनेको दुर्भाग्य भएको टिप्पणी गरे । उनले भने,‘यदि तत्काल हिन्दूराज्य बनाईएन भने नेपालको हालत पाकिस्तानको जस्तै हुन्छ ।’

उनले भारतीय प्रधानमन्त्री मोदीको नीति र भाजपाको नीति नेपालमा हिन्दूहरुको बाहुल्य भएकोले जनताको बहुमतलाई सहर्ष स्किारर्नुपर्छ भन्ने नै रहेको जानकारी दिए ।

नयाँ दिल्लीमा बस्ने बराल हिजो मात्रै नेपाल आईपुगेका हुन् । बराल भारतीय सत्तारुढ दल भारतीइ जनता पार्टी र हिन्दुवादी संगठन आरएसएसका निकट मानिन्छन् ।