चुनावमा मोदीको खर्च- फेसबुक र गुगलमा सबैभन्दा बढी - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

चुनावमा मोदीको खर्च- फेसबुक र गुगलमा सबैभन्दा बढी



एजेन्सी -आइतबार भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ। अप्रिल ११ देखि आज आइतबारसम्म गरेर ७ चरणमा निर्वाचन सम्पन्न भएको हो।

यस निर्वाचन अवधिभर भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी भाजपाले फेसबुक तथा गुगलको विज्ञापनमा सबैभन्दा बढी खर्च गरेको जनाइएको छ।

भाजपाले विज्ञापनका लागि २१ करोड भारतीय रुपैयाँ भन्दा बढी खर्च गरेको जनाइएको छ।

गत फेब्रुअरीदेखि मे महिनासम्म भारतमा राजनीतिक दलहरुले डिजिटल सेवा फेसबुक तथा गुगलमा ५३ करोड खर्च गरे।

फेसबुकको तथ्यांक अनुसार फेसबुकमा १ लाख २१ हजार राजनीतिक विज्ञापन प्रकाशन भएका थिए। जहाँ पार्टीहरुले २६ करोड ५ लाख खर्च गरे।

त्यस्तै गुगलमा १४ हजार ८३७ विज्ञापन गरिए। पार्टीले गुगलमा २७ करोड ३६ लाख बुझाए।

मोदीको दल भाजपाले ४ करोड २४ लाख फेसबुकमा खर्च गरेको थियो। फेसबुकमा भाजपाले २५ सय विज्ञापन गरे। यस्तै गुगलमा भाजपाले २७ करोड खच्र्यो।

विपक्षी दल भारत राष्ट्रिय काँग्रेसले फेसबुकमा १ करोड ४६ लाखमात्र खर्चगर्दा गुगलमा २ करोड ७१ लाखमात्र खर्च गर्यो।

यस्तै इन्डिया त्रिनामोल काँग्रेसले फेसबुकमा २९ लाख २८ हजार खर्चगर्दा आम आद्मी पार्टीले फेसबुकमा १३ लाख ६२ हजार खर्चियो।