मोदीका २ बुलेट प्रुफ गाडी काठमाडौं आए !
काठमाण्डौ । यही २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि प्रयोग हुने दुईवटा बुलेट प्रुफ गाडी नेपाल ल्याइएको छ । भारतीय वायु सेनाको कार्गो विमानबाट मंगलवार बिहान गाडी ल्याइएको हो ।
आगामी शुक्रवार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउँदैछन् । प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल आउँदा भारतबाट नै बुलेटप्रुफ गाडी ल्याउँदै आएको छ ।
४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायु सेनाको विमान गाडी उतारेर फर्किएको छ । मोदीका लागि बिएम डब्लु र ल्यान्डरोभर ल्याएको हो ।
हिजो भारतीय हवाई सेनाले जनकपुरमा आएर मोदीको भ्रमणपूर्वको सुरक्षा अवलोकना गरेको थियो ।