मोदीलाई अर्को झट्का : सत्रुघन सिन्हा कांग्रेस प्रवेश
नयाँ दिल्ली । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा) का नेता तथा सांसद सत्रुघन सिन्हाले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् ।
भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उनीहरुबीच भेटवार्ता भएको जनाइएको छ ।
आउँदो अप्रिल ६ तारिखका दिन सिन्हा काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।
राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि काँग्रेस प्रवेश गर्न लागेको बताइएको छ ।
पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गरेका छन् । उनी अहिले पनि भाजपाको सांसद छन् ।
उनले भने, ‘भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र काँग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ ।’
उनले आफू पहिले देखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि काँग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए ।
उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले काँग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिए ।
काँग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको ‘स्टार लिडर र स्टार क्याम्पेनर’ का रुपमा सिंहले काम गर्ने बताए ।
सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित भएका थिए । सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।