मोदीको एक्लै बहुमत - नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दामा दबाब - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मोदीको एक्लै बहुमत – नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दामा दबाब



काठमाडौं -भाजपा नेतृत्वको एनडीएको जित र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिएसँगै नेपालमा पर्ने प्रभावबारे अड्कलबाजी सुरु भएको छ।

प्रधामन्त्री केपी शर्मा ओलीले अन्तिम नतिजा आउनुअघि नै बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिए।

नेपाल र भारत सम्बन्धका जानकारहरु एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाब कुनै न कुनै रुपमा पर्न सक्ने संकेत गर्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा नयाँ दिल्लीबाट सुरेशराज आचार्यले लेखेका छन्।

‘भाजपाभित्र हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गर्ने पक्ष अझै बलियो छ,’ नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनी भन्छन्, ‘अब त्यो कसरी हाबी हुन्छ, त्यसैले नै नेपाल –भारत सम्बन्धलाई प्रभाव पार्ने छ।’

भारतले करिब चार वर्ष अघि संविधानमा तराई मधेशका असन्तुष्टि नसमेटिएको भन्दै नेपालसमक्ष खुलेर असन्तुष्टि व्यक्त गरेको थियो।