नेपाल आउनुअघि नरेन्द्र मोदी चीन जाने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नेपाल आउनुअघि नरेन्द्र मोदी चीन जाने



नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि चीन जाने भएका हुन्।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार प्रधानमन्त्री मोदी आगामी अप्रिल २७ र २८ अर्थात आगामि शुक्रबार र शनिबार चीनको भ्रमणमा जाने छन्।

यसअघि मोदी आगामि वैशाख २८ मा नेपाल आउने तयारी थियो। नेपालको भ्रमण तय भएपछि अचानक मोदीको चीन भ्रमण तय हुनुलाई राजनीतिक वृतमा चासोका साथमा हेरिएको छ।