ट्विटरबाट 'चौकीदार' हटाउदै यसो भने मोदीले - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ट्विटरबाट ‘चौकीदार’ हटाउदै यसो भने मोदीले



काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरबाट आफ्नो नामको अगाडि रहेको ‘चौकीदार’ शब्द हटाएका छन् । भारतमा चुनावी सरगर्मी शुरू भएपछि गत मार्चको तेस्रो सातामा आफ्नो नामको अगाडि चौकीदार शब्द राखेका थिए ।

शब्द हटाउँदै मोदीले ट्विट गरेका छन्, ‘अब चौकीदारको भावनालाई अर्को चरणमा लैजाने बेला आएको छ । यही भावनालाई जीवित राखेर भारतको प्रगतिलाई अघि बढाउनुछ । चौकीदार शब्द मेरो ट्विटरबाट त गयो तर यो मेरो अभिन्न अंग हुनेछ र सबैलाई मैले यही गर्न अनुरोध गर्दछु ।’