नरेन्द्र मोदीका भाइ नै प्रहरी चौकी अगाडि धर्ना बसेपछि... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नरेन्द्र मोदीका भाइ नै प्रहरी चौकी अगाडि धर्ना बसेपछि…



नयाँ दिल्ली -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी मंगलबार जयपुर जाँदै गर्दा एक प्रहरी चौकीअघि धर्नामा बसे । आफ्नो साथमा रहेका सुरक्षाकर्मीका लागि छुट्टै गाडीको माग गर्दै उनी धर्नामा बसेका हुन् ।

जयपुर–अजमेर राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने बागरु प्रहरी चौकीअघि उनी एक घण्टा धर्नामा बसेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदीका भाइसँग जानका लागि बागरु प्रहरी चौकीका दुई सुरक्षाकर्मी तयार थिए । नियम अनुसार उनीहरु प्रह्लाद सवार गाडीमै जानु पर्ने थियो । तर उनले सुरक्षाकर्मीका लागि छुट्टै गाडीको माग गरेका हुन् ।

प्रह्लादलाई मनाउन समय लागेको तर पछि उनलाई मनाएर सुरक्षाकर्मी पनि सोही गाडीमा गएको प्रहरीले उल्लेख गरेको छ ।