मोदीले हेलिकप्टरमा लागेको रहस्यमयी बाकसमा के छ ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मोदीले हेलिकप्टरमा लागेको रहस्यमयी बाकसमा के छ ?



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ ।

हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ । ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ । अब यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

गत ९ अप्रिलमा भारतीय जनता पार्टीको चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भएका थिए । उनी त्यहाँ आउने क्रममा हेलिकप्टरमा रहस्यमयी काठको कालो बाकस समेत ल्याएका थिए ।

काँग्रेसले मोदीको यस कार्यलाई चुनाव प्रभावित गर्ने कार्य भनेको छ । काँग्रेसका प्रवक्ता आनन्द शर्माले मोदीले यस विषयमा प्रतिक्रिया दिनुपर्ने माग गरेका छन् ।

निर्वाचन आयोगले त्यस रहस्यमयी बाकसको अनुसन्धान गर्नुपर्ने उनले बताएका छन् । समाचार संस्था पिटिआइसँग कुरा गर्दै शर्माले भने,‘हामीले देख्यो कि प्रधानमन्त्रीको हेलिकप्टरसहित तीन हेलिकप्टर आएको थियो । त्यहाँबाट ओर्लिने क्रममा कालो रहस्यमयी बाकस ल्याइएको थियो । त्यसको छानविन हुनुपर्छ ।’