मोदीको खुलासा: ३२ वर्ष पछी बल्ल बैंकले भेट्टायो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोदीको खुलासा: ३२ वर्ष पछी बल्ल बैंकले भेट्टायो



भारतका प्रधामन्त्री नरेन्द्र मोदीले बैंकका अधिकारीहरुले अाफूलाई खाेज्दै ३२ वर्ष बिताएको खुलासा गरेका छन्।

शनिबार प्रधानमन्त्री मोदीले एक कार्यक्रममा यस्तो  खुलासा गरेका हुन्।

उनले विधायक बन्नुभन्दा पहिले आफ्नाे कुनै  बैंक खाता नभएको बताएका छन्। आफूसँग ज्यादै थोरै पैसा भएका कारण त्यसको आवश्यकता पनि नपरेको उनकाे भनाइ थियो।

प्रधानमन्त्री मोदीले आफ्ना स्कुले दिनको स्मरण गर्दै भनेका छन्, ‘त्यो समयमा बैंकले एक योजना ल्याएको थियो, जसमा विद्यार्थीलाई एक गुल्लक (पैसा राख्ने भाँडो) दिइन्थ्यो र पछि त्यसबाटै खाता खोल्ने काम गर्दथ्यो।’

उनले आफ्नो पहिलो बैंक खाता त्यस्तै प्रकारको भए पनि त्यसलाई आफूले उपयोग नगरेको बताए। ‘बैंकवालाले एक गुल्लक मलाई पनि दिए तर त्यो सधैं खाली रहन्थ्यो, किनभने मसँग पैसा हुँदैन्थ्यो’, उनले भने, ‘त्यसपछि मैले गाउँ छाडे, बैंकले खाता चलाइनै राख्यो। बैंक अधिकारीहरुले त्यसलाई हरेक वर्ष अगाडि बढाउनु प¥थ्यो। उनीहरु खाता बन्द गर्नका लागि मेरो खोजीमा थिए।’

उनले बैंकका कर्मचारीले ३२ वर्ष खोजेपछि मात्र आफूलाई भेटेको पनि बताए। ३२ वर्षपछि बैक अधिकारीले आफूलाई सम्पर्क गरेर खाता बन्द गर्न लगाएको उनकाे भनाइ थियो।

प्रधानमन्त्री मोदीले अाफू गुजरातकाे सांसद बनेपछि सांसदकाे तलब अाउन थालेकाले बल्ल खाताकाे अावश्यकता परेकाे बताए। उनले भारतीय डाँक विभागको एक कार्यक्रममा भने, ‘यो भन्दा पहिले मेरो कुनै बैंक खाता थिएन।’

प्रधानमन्त्री मोदीले शनिबार भारतीय डाँक विभागको भुक्तान बैंकको उद्घाटन गर्दै याे सुविधालाई जनताको घरदैलोसम्म पु¥याउने बताए।

उनले स्थानीय समूह र डाँकका कर्मचारीको भावनात्मक सम्बन्ध भएको बताए। उनले सरकारभन्दा बढी जनताकाे विश्वास भारतीय डाँक सेवामा रहेकाे बताए।