गुफामा पसे मोदी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

गुफामा पसे मोदी



नयाँदिल्ली : भारतमा लोकसभा चुनावको मतगणना हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पार्टीको प्रचार प्रसार सकेर ध्यान गर्न गुफामा पसेका छन् ।

उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ मा उनी शनिबारदेखि ध्यान बसेका हुन् । उनको पहेँलो वस्त्रमा ध्यानस्थ मोदी आइतबार बिहान मात्रै ध्यानबाट उठ्ने बताइएको छ ।

भारतीय च्यानल ‘एएनआई’ ले उनी गुफाभित्र ध्यान गरिरहेको तस्बिर सार्वजनिक गरेपछि अहिले सामाजिक संजालमा भाइरल नै बनाइएको छ । मोदीको यस्तो गुफाबासलाई उनका पार्टीका नेताहरुले केदारनाथको तिर्थयात्राको रुपमा ब्याख्या गरेका छन् । यहाँबाट उनी आइतबार बद्रीनाथ जाने कार्यक्रम छ ।

मोदी प्रधानमन्त्री भइसकेपछि यसअघि मात्रै तीन पटकसम्म केदारनाथ भ्रमण गरिसकेका थिए । प्रधानमन्त्री बनेपछि केदारनाथमा यो उनको चौथो भ्रमण हो ।