विवादको जड मोदी हुन्, तर नेपाल कश्मिर होइन: भारतीय प्राध्यापक - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

विवादको जड मोदी हुन्, तर नेपाल कश्मिर होइन: भारतीय प्राध्यापक



काठमाडौँ– नेपाल भारत विवाद चुलिएकै बेला भारतका भारतका एक प्राध्यापकले भने यो विवादको जड भारत नै भएको बताएका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे चर्चा चुलिएको बेला उनले यस्तो बताएका हुन्।

भारतीय प्राध्यापक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर भारतले विरोध गर्नुको अर्थ नभएको बताएका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा यस विषयलाई ‘नक्सा युद्ध’को संज्ञा दिएका छन्।

उनले लेखेका छन्, ‘भारतले नेपालको नयाँ नक्सा अस्वीकार गर्‍यो। भारतले स्वीकार गर्छ भनेर कसैले सोचेको पनि थिएन। यो ‘नक्सा युद्ध’ कसले सुरु गर्‍यो? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फी रुपमा नयाँ राजनीतिक नक्सा ल्यायो? याे माेदीद्वारा शक्तिको उन्मादमा कश्मिरको नयाँ नक्सा पुनःतयार गर्नका लागि थियो। तर नेपाल कश्मिर होइन।’

भारतीय प्राध्यापक अशोक स्वैन स्वीडेनको उप्साला विश्वविद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापक हुन्।

नेपालले जारी गरेको नक्सा भारतले अस्विकार गरेको जनाएको छ भने भारतीय मिडियाले यो बिषयलाई उछालेर बबण्डर खडा गरेका छन् ।