मोदीमाथि यस्तो आरोप ,राजीनामा दिन दबाब - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मोदीमाथि यस्तो आरोप ,राजीनामा दिन दबाब



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्ससँगको प्रतिरक्षात्मक हतियार सम्झौता, राफेलको मुद्दामा भ्रष्टाचारको आरोप लगाइएपछि राजीनामा दिन दबाब दिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस सम्झौतामा संलग्न फ्रान्सका पूर्व राष्ट्रपति फ्रान्कोसिस होलान्डले सैन्य लडाकू विमानको सो कारोबारबारे विवादास्पद बयान दिएपछि मोदीमाथि यस्तो आरोप लागेको बताइएको हो ।

भारतीय राजनीतिक पार्टीहरुले यसअघि पनि मोदीले ८.७ अर्ब डलरमा ३६ वटा लडाकू विमानहरु खरिद गर्दैगर्दा धेरै मूल्य तिरेको भन्दै आलोचित भएका थिए । त्यसैले यस विषयमा मोदीले स्पष्ट जानकारी सार्वजानिक नगराएको भन्दै उनीमाथि देशको हित विपरित काम गरेको आरोप लगाइएको हो ।

त्यसैगरी उनले फ्रान्सको सैन्य विमान निर्माता कम्पनीको पार्टनरका रुपमा दशकौँको अनुभव रहेको राष्ट्रिय कम्पनी, हिन्दुस्थान एरोनटिक्सलाई छनौट नगरि अर्बपति अनिल अम्बानीको रिलायन्सलाई चयन गरेकामा पनि विपक्षी पार्टीले प्रश्न उठाएका थिए । शुक्रबार यसै बारेमा पुर्वराष्ट्रपति होलान्डले डिस्सल्ट कम्पनीलाई मोदी सरकारले नै रिलायन्सलाई चयन गर्न दबाब दिएको बयान दिएका हुन् । यसरी नयाँ दिल्ली फ्रान्ससँगको सम्झौतामा स्थानीय पार्टनरबाट प्रभावित रहेको उल्लेख गरेपछि मोदी चारैतिरबाट आलोचित हुनु परेको हो ।

यसरी प्रधानमन्त्री मोदीले बन्द ढोकाभित्र राफेल सम्झौता गरि गलत रणनीति अपनाएको कांग्रेसका प्रमुख राहुल गान्धिले ट्वीट गरेका हुन् । मोदीको कार्यालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर डिसल्टले चाहिँ आफूहरुले औद्योगिक कारणले सो निर्णय लिएको र त्यसमा कसैको प्रभाव नरहेको दाबी गरेको छ ।

फ्रान्सको विदेश मन्त्रालयले पनि भारतीय पार्टनरको छनौटमा फ्रान्सेली अधिकारी संलग्न नरहेको बताएको छ । यसले फ्रान्स र भारतबीचको कूटतनीतिक सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिएको थियो जसबेला भारतले छिमेकी देश पाकिस्तान र चीनबाट खतरा रहेको उल्लेख गरेको थियो । यसैकारणले आफ्ना पुराना लडाकू विमान प्रतिस्थापन गर्न भन्दै भारतले रफेल सम्झौता गर्ने निर्णय गरेको थियो ।