राहुल गान्धी भन्दा ६ गुणा अगाडि मोदी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

राहुल गान्धी भन्दा ६ गुणा अगाडि मोदी



काठमाडौँ – भारतमा लोकसभाको निर्वाचन चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी भन्दा ६ गुणा अगाडि देखिएका छन् ।

देशमा चुनाव चलिरहँदा कसले कसका बारेमा बढी जानकारी लिन चाहन्छन् भन्ने प्रश्नमा गरिएको सर्वेक्षणमा गान्धीभन्दा मोदीको महत्त्व ६ गुणाले बढेको हो ।

अनलाइन सर्च इन्जिन गुगलमा मार्च १० देखि मे ७ तारिखसम्मको सर्च ट्रेन्ड्समा हेर्दा मोदीको लोकप्रियता गान्धीको भन्दा ६ गुणा बढी देखिएको हो ।

यसमा मोदीको लोकप्रियता खोज्दा त्यहीँ गान्धीका नकारात्मक कुराहरू खोजिएका थिए ।

मोदीको सर्च ग्राफ ७२ हुँदा राहुलको केवल १२ पाइएको छ । मोदीलाई अप्रिल २९ मा सर्वाधिक खोजी गरिएको थियो भने राहुललाई सबैभन्दा बढी खोजी गरिएको दिन अप्रिल २२ मा ग्राफ २५ सम्म पुगेको थियो । यो दिन मोदीको ग्राफ ८३ मापन गरिएको थियो ।

चुनावका बेलामा अखिलेश यादव, मायावती, योगी आदित्यनाथ, प्रियंका गान्धी, अरविन्द केजरीवाल, ममता बेनर्जी लगायत पनि खोजीमा रहेका थिए ।

(एजेन्सीको सहयोगमा)