संसारको सबभन्दा ठूलो अभिनेता भारतको प्रधानमन्त्री :प्रियंका - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

संसारको सबभन्दा ठूलो अभिनेता भारतको प्रधानमन्त्री :प्रियंका



काठमाडौं – लोकसभा चुनावको अन्तिम चरणको मतदान आउन लाग्दा प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गरेकी छन् ।

शुक्रवार मिर्जापुरमा भाषण गर्दै उनले मोदी नेता नभई अभिनेता भएको बताइन् । संसारको सबभन्दा ठूलो अभिनेता भारतको प्रधानमन्त्री बनेको उनले भनिन् । उनले अमिताभ बच्चनलाई नै बरू प्रधानमन्त्री बनाएको भए हुन्थ्यो भनी टिप्पणी गरिन् ।

केन्द्र सरकारमाथि टिप्पणी गर्दै प्रियंकाले भाजपाको उद्देश्य जसरी भए पनि सत्ता हात पार्नु हो भनिन् । मोदीले अघिल्लो लोकसभा चुनावमा गरेको वाचा पूरा नगरेको उनले आरोप लगाइन् । कांग्रेसले झूटो वाचा नगर्ने बरू किसान, गरीब र युवाहरूको हकमा काम गर्ने उनले बताइन् ।

प्रियंकाले भनिन्, ‘प्रधानमन्त्री देशका किसान, मजदूर र युवासमक्ष पाँच वर्षको विकास कार्यको हिसाब दिनै सकिरहेका छ्रैनन् । सरकारले लोकतान्त्रिक संस्थाहरूलाई लगातार कमजोर बनाइरहेको छ । भाजपाका सबै दाबी बकवास हुन् । किसानहरूले फसलको दाम पाएका छैनन् अनि युवाहरूले रोजगारी पाएका छैनन् ।’

भाजपाको सरकार हुँदा पाँच करोड रोजगारी कम भएको प्रियंकाको आरोप छ । कांग्रेसको सरकार बनेमा गरीबहरूको भविष्य चम्किने उनको दाबी छ । गरीबहरूलाई न्याय योजना अन्तर्गत ७२ हजार रुपैयाँ वर्षभरि दिइने उनले बताइन् ।

एजेन्सी