आयुर्वेदबाट कोरोनाको उपचार र परीक्षण गर्न मोदीको निर्देशन - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

आयुर्वेदबाट कोरोनाको उपचार र परीक्षण गर्न मोदीको निर्देशन



एजेन्सी- भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन् ।

आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिएका छन् ।

एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले भने, कोरोनाभाइरसको आयुर्वेदिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गरेका छन् ।

आयुर्वेदिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी उनले दिए।