मोदीले भने - बिजयले मात्तिने काम गर्दैनौं - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मोदीले भने – बिजयले मात्तिने काम गर्दैनौं



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितपछि नम्रता र विवेक नगुमाउने बताएका छन् ।

लोकसभा चुनावमा भाजपा एक्लै ३०० सिटमा जित नजिक छ भने एनडीए गठबन्धनले ३४८ सिटमा जित नजिक छ । यूपीए गठबन्धन ९२ सिटमा छ ।

ऐतिहासिक चुनावी जितपछि दिल्लीस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले दुईबाट दोस्रो पटक जितसम्म आइपुग्दा थुप्रै उतारचढाव रहेको बताए । तर, दोस्रो पटक जितेपछि नम्रता, विवेक नगुमाउने र सिद्धान्तबाट विचलिन नहुने मोदीले बताएका छन् ।

उनले भनेका छन्, यदि कोही विजयी भएको छ भने हिन्दुस्तान विजयी भएको छ, लोकतन्त्र विजयी भएको छ ।’

फेरि ५ वर्ष सरकारको नेतृत्व गर्ने तयारीमा रहेका मोदीले काम गर्ने क्रममा गल्ती हुनसक्ने तर बदनियत राखेर काम नगर्ने बताएका छन् ।