मोदीको आवास र अफिसमा आगलागी
नयाँ दिल्ली । सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोक कल्याण मार्गस्थित आवासीय परिसरमा आगलागी भएको जनाइएको छ ।
साँझको समयमा भएको आगलागीलाइ तत्काल नियन्त्रणमा लिइएको पनि बताइएको छ ।
भारतको अग्निशमन विभागका अनुसार आगो नियन्त्रणमा लिनका लागि दमकल समयमै पुगेका कारण क्षति हुन नपाएको जनाइएको छ ।
अधिकारीहरुका अनुसार आगो सामान्य भएकोले समयमै नियन्त्रण गर्न सकिएको थियो ।
पछि प्रधानमन्त्री मोदीको कार्यालयका तर्फबाट ट्विट गर्दै भनिएको थियो,‘‘सायद सर्ट सर्किटका कारण यो आगलागी भएको हो ।
आगो प्रधानमन्त्रीको आवास र अफिसमा लागेको होइन एसपीजी रिसेप्सनमा लागेको थियो । यो तत्कालै नियन्त्रण भएको छ ।’