अमेरिकामा मोडर्नाको भ्याक्सिनमा रोक लगाइयो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

अमेरिकामा मोडर्नाको भ्याक्सिनमा रोक लगाइयो



एजेन्सी- भ्याक्सिन लगाएपछि एलर्जी देखिएपछि अमेरिकी राज्य क्यालिफोनियाले मोडर्नाको भ्याक्सिनमाथि रोक लगाएको छ ।

राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको जानकारी दिएकी छिन् ।

उनका अनुसार यो समस्या मोडर्ना भ्याक्सिनको एउटा लटमा देखिएको हो । यसलाई एक सामुदायिक खोप केन्द्रमा दिइएको थियो । यो भ्याक्सिन लगाएपछि १० जनालाई ज्वरो आयो ।

उनीहरुलाई २४ घण्टाका लागि डाक्टरको निगरानीमा राख्नुपर्यो । सार्वजनिक स्वास्थ्य विभागका अनुसार यो लटका तीन लाख ३० हजारभन्दा बढी डोज पूरा राज्यका २८७ स्वास्थ्य सेवा प्रदायकलाई दिइएको छ ।