मोडन ईराको सामाजिक उद्दार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मोडन ईराको सामाजिक उद्दार



हिमाल पोस्ट/नयाँ दिल्ली 

आफुले जन्म दिएको छोरोको मृत्यु भएको ५ वर्ष पछी मात्रा थाहा हुदाँ बाबुआमालाई कस्तो पिडा होला ?हो ठ्याक्कै यस्तै पिडा भोगेका छन् गण्डकी अंचलका तनहु जिल्लाका धमन सिंह रानाले ।

आफ्ना मामा पर्नेले जित बहादुर रानालाई  भारतको नोएडामा लिएर जागिर लगाईदिएको पछी सम्पर्क हुन छाडेपछि के कसो भो सम्पर्क भएन भन्दा मृत्यु भयो भनेपनि धमन सिंहको परिवारले मानेको थिएन  ।छोरोको हालखबर कतै पाईन्छ कि भन्दै वा कतै हराएको पो छ भनेर खोज्न आउदा  धमन सिंहले नजिकैको प्रहरी कार्यालयबाट मृत्यु नै भएको पुष्टीको खबर पाएका थिए  ।के कारणले २०६८ सालमा   मृत्यु भएपनि कारण भने   खुल्न सकेको छैन ।

भारत स्थित नेपाली दुतावासमा पुगेपछि दुतावासले मोडन ईरा टुर एण्ड ट्रावल्समा  सम्पर्क गरि धमन सिंहलाई नेपाल सम्म पुर्याउन सहयोग मागेको थियो ।

मोर्डन इराका कृष्णराज गैरे भन्नु हुन्छ दुतावास जस्तो जिम्मेवारी निकाएले पनि हामीसँग सहयोग माग्छ यद्दपी हामीले दुख पाएका,हराएर भेटिएकालाई निसुल्क लैजाने व्यवस्था शुक्रबार मात्रै  गरेपनि अन्य दिन आईपरेको खण्डमा हामीले नाई नास्ती गरेका  छैनौ तर कमसेकम दुतावासले एक दुई दिन तेहा राख्ने बेवास्था त गर्न पर्यो नि हैन र ?उनले हिमाल पोष्ट संग बताए ।

आजनै धमन सिंह र उनका काईला छोरालाई मोर्डन इराले निसुल्क रुपमा  बिहान ९:३० बजे आनन्दबिहारबाट आफ्नो गाडीमा  नेपाल पठाएको छ ।

मोर्डन इरा सामाजिक कार्यमा पनि पछिलो समय अग्रपंक्तिमा देखिएको छ ।उक्त ट्रावल्सले  नेपाल भारत मैत्री बस संग समन्यन गरि  दिल्ली पोखरा दिल्ली बस सेवा संचालन गर्दै आएको छ ।

तस्बिरमा मृतका बाबु र काईला भई