कोठामा बोलाएर २० वर्षीय मोडलको हत्या - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोठामा बोलाएर २० वर्षीय मोडलको हत्या



भारत । भारतको मुम्बईमा २० बर्षकी मोडलको हत्या भएको छ ।

सामाजिक सञ्जालबाट साथी बनेको एक पुरुषलाई हत्याको आरोप लागेको छ । हत्याराले मोडललाई घरमा बोलाएर हत्या गरेको र शवलाई सुटकेसमा राखेर फ्याँकिदिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गत बुधबार पुलिसले मुम्बईको मलाडमा सुटकेसको शव भेटेको थियो । मृतकको नाम मानसी दीक्षित रहेको भारतीय प्रहरीले जनाएको छ ।

मानसीको साथी मुजम्मिल सैयदलाई कोठामा बोलाएर हत्या गरेका थिए । प्रहरीका अनुसार सैयदले मानसीलाई आफ्नो कोठमा बोलाएको र केहि कुरामा झगडा भएर मोडलको हत्या गरेको हो । आरोपी सैयदले हत्या गरेको स्वीकारेका छन् ।