१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र फेरि मिल्दै - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र फेरि मिल्दै



काठमाडौं– तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए ।

तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईले संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे । नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटे । माओवादी जनयुद्ध कालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा चर्चा थोरै भयो ।
तर, २०५४ सालमा माओवादी परित्यागसँगै मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुन थाल्यो । मधेस आन्दोलनबाट एकाएक राष्ट्रिय राजनीतिमा स्थापित भएका यादव पटकपटक मन्त्री भए । हाल उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री छन् । राजधानी दैनिकबाट