मिशन आम्बेडकर नेपालले राज्यसत्ताबाट विभेदमा परेका समुदायको पक्षमा ओकालत गर्छ : अध्यक्ष जैगडी - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

मिशन आम्बेडकर नेपालले राज्यसत्ताबाट विभेदमा परेका समुदायको पक्षमा ओकालत गर्छ : अध्यक्ष जैगडी



मंगल बास्कोटे / लम्की ,कैलाली ।
नेपालमा रहेका दलित ,जनजाति, मुस्लीम, आदिवासीको पक्षमा ओकालत गर्दै समुदायको प्रतिनिधित्व स्थायित्व गर्नको लागी मिशन आम्बेडकर नेपाल कुनै ठाउँमा नचुक्ने मिसन आम्बेटकर नेपालका संस्थापक अध्यक्ष मनोज जैगडीले बताउनु भएको छ ।

‘‘शिक्षित बनौ, संगठित हौ, संघर्ष गरौ‘‘ भन्ने बाबा साहेब डा. मिशन आम्बेडकरको बिचार धारालाई आत्मसाथ गर्दै मिशन आम्बेडकर नेपालले जातिय रुपमा पछाडी पारेका देशका कुनै पनी निकयमा प्रतिनिधित्व नभएको दलित ,जनजाति,मुस्लीम,आदिबासिको पक्षमा दर्बिलो आवज उठाउदै आएको सबैलाई अवगत रहेको अध्यक्ष जैगडीले बताउनु भयो । हामी यसै अभियानमा नै छौ । उहाले भन्नुभयो , ‘यहि असोज १४ गते काठमाण्डौमा बृहत राष्ट्रिय सम्मेलनको आयोजना हुदैछ, यो सम्मेलनबाट मिशन आम्बेडकर नेपालले केही नयाँ मोड समेत लिने छ ।”

नेपालको संबिधानको पानामा जातिय रुपमा बिभेद गर्नु हुदैन ,समान अधिकार सबैको हो भनेर लेखिएको छ तर किन संबिधान मै उल्लेख गरिएका कुरालाई नै लत्याउदै दिन प्रतिदिन यस्ता बिभेदका घटनाहरु घट्दै छन ? उहाले प्रश्न गर्नुभयो । यसको सार बुझिन्छ की यो समुदाय राज्य सत्ताबाटै बिभेदमा छ । खै त अहिले सम्म यस्ता बिभेतकारीे ब्रामणबादी चिन्तनले ग्रसित ब्यक्तिहरुलाई कारबाही भएको ? उहाले फेरि प्रश्न गर्दै नेपाल एकिकरण र १० बर्षे जनआन्दोनको ईतिहासलाई नियाल्ने हो भने यि समुदायका धेरै सपुतहरुले अग्रपंतिमा रही लडेर ज्यानको आहुती दिएका छ्न । तर, राज्य सत्ता प्राप्ति पछि भने उनिहरुलाई उपेक्षीत गरेर प्रतिनिधित्व बिहिन बनाएको कुरा पनि हामीले बझेको बताउनु भयो ।

के यो समुदाय राष्ट्रपति,प्रधानमन्त्री,डिआईजी,आइजिपि बन्नै नसक्ने हो त ? कारण , समुदायलाई अछुत मानिएको छ । प्रतिनिधित्व कसैले स्विकार्न सकेका छैनन । यसको डटेर सामना गर्न कै लागी मिशन आम्बेडकर नेपालको जन्म गर्नु परेको अध्यक्ष जैगडीले जानकारी दिनु भयो । नेपालमा ६० लाख भन्दा बढी अछुत भनिने समुदाय रहेको छ । यो समाजलाई बदल्नकै लागी भए पनि जनसंख्याको अधारमा राज्यसत्ताले अधिकार दिनु पर्ने अध्यक्ष जैगडीले बताउनु भयो ।

यो समुदायलाई भोटिङको रुपमा प्रयोग गर्ने र नेतृत्व ल्याउदा अर्काेको ल्याउने परिपाटीको पनि जरैबाट अन्त्य हुने बिश्वास ब्यक्त गर्नु भयो । यो अभियान नेपालले नेपालका प्रायः सबै जसो जिल्लामा आफ्ना कार्यक्रमहरु गरिसकेको छ । मिशन आम्बेडकर नेपाल भनेको कुनै राजनिक पार्टि,संघ संस्था नभएर देशलाई परिवर्तन गर्ने एउटा अभियान मात्र भएको बदाउनु भयो । उहाले भन्नुभयो ,” धेरैलाई लाग्न सक्छ ६० लाखको भिडमा एक जना मात्र किन यो समुदायको अधिकारका लागी लड्दै छ । केही न केही ब्यक्तीगत स्वार्थ अनिवार्य हुनु पर्छ । हो मेरो स्वार्थ छ, तर ब्यक्तिगत हैन म पनि एक बिभेदमा परेको मान्छे मलाई पनि अधिकार चहिएको छ ।” त्यहि अधिकार प्राप्तीका लागी देश व्यापी रुपमा शान्तीका प्रतिक गौतमबुद्ध र बाबा साहेब भिम राव डा. मिशन आम्बेडकरको बिचराधारालाई आत्मसाथ गर्दै अभियानलाई तिब्रता दिएको समेत उहाले बताउनु भयो । जव सम्म देशमा बर्षौ देखि बिभेदमा पिल्सिएको यो समुदायको राज्यसत्तामा नेतृत्व हुदैन तव सम्म मिशन आम्बेडकर नेपाल अधिकार प्राप्तिका लागी लड्ने प्रतिबद्धता समेत अध्यक्ष जैगडी गर्नु भयो ।