मिस वर्ल्ड २०१८ को फाइनल आज, तलको लिङ्कमा हेर्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारण - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मिस वर्ल्ड २०१८ को फाइनल आज, तलको लिङ्कमा हेर्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारण



इन्द्र कमल जैरु 

यस वर्षको विश्व सुन्दरीको हुने त्यसको अन्तिम निर्णय आज हुन गइरहेको छ । मिस वर्ल्ड २०१८  को फाइनलमा नेपालको प्रतिनिधित्व श्रृंखला खतिवडाले गर्दै छिन ।

‘ब्युटी विथ ब्रेन’ र बहुमुखी प्रतिभाकी धनी श्रृंखलाको अहिलेसम्मको प्रस्तुतिका कारण नेपाली जनताले मिस वर्ल्डको ताज जित्ने विश्वास गरेको छ ।

श्रृंखला खतिवडा मिस नेपाल २०१८  हुन । यस पटक पनि मिस वर्ल्डको आयोजना चीनको सान्या सहरमा भइरहेको छ । यसको फाइनल प्रतियोगिता नेपाली शनिवार साँझ ४:४५  बजे सुरु हुनेछ।

प्रतियोगितामा आज हुने मिस वर्ल्ड विजेतालाई गत वर्षकी मिस वर्ल्ड मानुषी छिल्लरले ताज पहराउनेछिन । यस प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडासहित भारत, बङ्गलादेश, चिली, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, मोरिसस, मेक्सिको, न्युजिल्याण्ड, सिङ्गापुर, थाइल्याण्ड, युगान्डा, अमेरिका, भेनेजुएला र भियतनाम गरी ३०  देशका सुन्दरीहरू रहेका छन्।

मिस वर्ल्डको प्रत्यक्ष प्रसारण तपाइहरूले मिस वर्ल्डको आधिकारिक युट्युब च्यानल https://www.youtube.com/channel/UCc68e8lhc1uFH5ht5DQsr8A?fbclid=IwAR2y1sJrSrdmxytpoObg1gLEE0dDWnaHS3QOFzLwvFarmMgSG_S2pQs8iikमा पनि हेर्न सक्नुहुन्छ ।