मिस सीईई प्रतियोगितामा आकृतिको सम्भावना बढ्दो
ओम प्रकाश बानियाँ
सौन्दर्य प्रतियोगिता “मिस सीईई” २०७५ को प्रारम्भिक अडिसन सुरु भएको छ । एजुकेशन र माईग्रेसन अन्तर्गतको प्रतियोगिताबाट झापाकी आकृति पौडेल पनि प्रतिस्पर्धामा उत्रिँदै छिन् ।
आवेदन केही अगाडि खुल्ला भएको उक्त प्रतियोगितामा सयौँले भाग लिएका थिए । सयौँ मध्येमा आफूलाई बेग्लै र उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गर्ने आकृति बताउछिन । पौडेलले आफ्नो कुरा फेरि थप्दै भन्छिन आफूले उक्त प्रतियोगिता जितेमा पढाई सकेर आफू सामाजिक कार्यमा लाग्ने प्रण गरेको छिन् । उनले आफूलाई धेरै भन्दा धेरै भोट गर्ने पनि अपिल गरेकी छिन् ।
शालीन एवम् सुशील स्वभाव कि आकृति पौडेलले मिस सीईई जित्नेमा ढुक्क रहेको उनीलाई चिन्नेहरु बताउँछन् ।
प्रतियोगितामा शीर्षसहित आधादर्जन विभिन्न शीर्षकका विजेता छानिनेछन् ।