रवीन्द्र मिश्रले उठाएका उम्मेदवारलाई पार्टीले समर्थन नगर्ने, प्रवक्ताले दिए कडा चेतावनी - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

रवीन्द्र मिश्रले उठाएका उम्मेदवारलाई पार्टीले समर्थन नगर्ने, प्रवक्ताले दिए कडा चेतावनी



काठमाडाैं : विवेकशील साझा पार्टीका प्रवक्ता हरीश प्रसाद भट्टले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले उठाएका उम्मेदवार आफूले नचिन्ने अभिव्यक्ति दिएका छन्।

पार्टीका अध्यक्ष मिश्रले आज नै पत्रकार सम्मेलन मार्फत काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सार्वजनिक गरेका थिए।

प्रवक्ता भट्टले फेसबुक स्टाटस मार्फत खरो प्रतिक्रिया दिँदै पार्टीमा छलफल नै नगरी ल्याइएका ती उम्मेदवार आफूहरुले नचिन्ने र अरु नै उम्मेदवार घोषणा गर्ने जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘विवेकशील साझा पार्टीको स्थानीय तहमा उम्मेदवारीको सवालमा अहिले उम्मेदवार घोषणा गरिएका उम्मेदवारहरू बारे आधिकारिक रूपमा हामी जानकार छैनौँ। सहभागितामूलक लोकतन्त्र भनेर पर्चा बाँड्दै आएको पार्टीमा अध्यक्षले आफ्नै गुटको केन्द्रीय समितिमा समेत छलफल नगरी खल्तीबाट उम्मेदवारको नाम झिकेर भइरहेका गतिविधिप्रति हाम्रो सहमति छैन।

राजनैतिक, नैतिक र कानुनी रुपमा पार्टीको आधिकारिकताबारे छलफल भइरहँदा पार्टीको स्थापनाको मर्म र प्रोग्रेसिभ डेमोक्रेसीलाई आत्मसाथ गर्ने विवेकशील साझा ( मूलबाटो ) पार्टीले स्थानीय तहका आफ्नो उम्मेदवार छिट्टै घोषणा गर्ने पनि जानकारी गराउँछौँ।’