बसपार्कमा एकजना मृत फेला - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

बसपार्कमा एकजना मृत फेला



कैलाली । जिल्लाको अत्तरिया बसपार्कमा एक जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका- २ स्थित अत्तरिया बसपार्कमा एक जना मृत फेला परेका हुन् ।

बैतडीको मल्लादेही ८ बस्ने ४४ बर्षिय दामोदर सिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेवनको कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक धामी बिगत एक महिनादेखी अत्तरिया बसपार्कको प्रतिक्षालयमा बस्दै आएका थिए ।