किसनको एकल अभियानले मृगौला पिडितलाई सहयोग - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

किसनको एकल अभियानले मृगौला पिडितलाई सहयोग



सुनिलकुमार लो 

काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबमा रहनु भएका पुनर्वास कञ्चनपुरका किसन बि.क. ले एकल अभियान मार्फत ५६ हजार ५ सय बत्तिस रुपैया संकलन गरि दुवै मृगौला फेल भएका पीडितलाई सहयोग गरेका छन् ।

केहीदिन अघि गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नम्बर-३ पानीटंकि निवासी बर्षा बि.क.को दुवै मृगाैला फेल भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईहेकाे भिडियाे सामाजिक संजालमा देखेपछि विश्वकर्माले पिडितकाे पहिचान गर्न काठमाडौमा रहेका अाफ्नाे भाइ धनराज वि.क.र भाञ्जी रुपा वि.क. लाई अह्राएका थिए । भाइले कुरा सत्य भएको भनी सम्पर्क गरेपछि विश्वकर्माले अाफ्नाे फेसबुक मार्फत सहयाेगका लागि अपिल गरेका थिए ।

विदेशमा ड्युटी पनि गर्नुपर्ने र समय अत्यन्त कम भएकाले विश्वकर्माले दिनरात खटेर ५६ हजार ५ सय बत्तीस रुपैयाँ उठाउन सफल भए र उठेकाे रकम काठमाडौंमा रहेका आफ्ना दाइ ग्रेट नटराज फिल्म कम्पनीका डाईरेक्टर अशोक वि.क.लाई पठाइ उनिद्वारा पिडितलाई हस्तान्तरण गराईएको थियो ।

विश्वकर्माको यो दोस्रो अभियान भएको बताए । यसभन्दा अघि उनले चन्दा संकलन अभियान चलाएर स्तन क्यान्सरले ग्रसित भएकी गीता कटुवाललाई “ट्रोल सिन्धुली” मार्फत सहयोग गरेका थिए । विश्वकर्माले फेरि तेस्रो एकल अभियान मार्फत काठमाडौंंमा उपचारारत संजय बर्माको लागि रकम संकलन अभियान चलाइरहेको बताए । उक्त अभियानमा “ट्रोल सिन्धुलीको” साथ र सहयोग रहेको समेत अभियन्ता विश्वकर्माले बताए ।

अभियन्ता किसन विश्वकर्माले आफुलाई यस पुण्य कार्यमा साथ दिनुहुने ट्रोल सिन्धुलीका किरण कटुवाल , निर्देशक अशोक वि.क.,धनराज वि.क., रुपा वि.क.,रामकृष्ण खतिवडा, अन्तरास्ट्रिय रोल्पाली सेवा समाजका चन्द्रप्रकाश पुन, DXN कविराज गिरि र सगरमाथा होटल र सगरमाथा कार्गो लगायत सबै सहयोगी हातहरुलाई विशेष धन्यवाद दिएका छ्न । साथै उनले पुन:तेस्रो अभियानको लागि सबै सहयोगी मनहरुलाई आव्हान गरेका छन् ।

सहयोगको लागि निम्न व्यक्ति र नम्बरहरुमा सम्पर्क राख्नहुन अभियन्ता किसन विश्वकर्माले अनुरोध समेत गरेका छन् ।

किसन विश्वकर्मा,साउदी अरब
फोन ०५९३६९३१६८
धनबहादुर वि.क.,काठमाडौंं
फोन ९८६८३५५४६५