मिरा सेन्टरलाई माजोंग फाउन्डेसनको सहयोग - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

मिरा सेन्टरलाई माजोंग फाउन्डेसनको सहयोग



हिमालपोस्ट सम्वाददाता / काभ्रे
वरिष्ठ कलाकार हरिवंश आचार्यकी धर्मपत्नी स्वर्गीय मिरा आचार्यको नाममा स्थापित मिरा सेन्टरलाई माजोंग फाउन्डेसन नेपालले रु २ लाख ५० हजार नगद, स्कुल ब्यागलगायत शैक्षिक सामग्री तथा पोषण सामग्री प्रदान गरेको छ |

मिरा सेन्टरमा आश्रित २५ जना बालबालिकाको वर्षभरको खानाको लागि उक्त रकम सहयोग गरेको फाउन्डेसनका कार्यकारी निर्देशक रोहित थापाले जानकारी दिनुभयो | माजोंग फाउन्डेसनका निर्देशक मुकुन्द अधिकारीले यो सहयोग अनाथ तथा विपन्न बालबालिकालाई सहयोग गर्न पाएकोमा फाउन्डेसन गौरवान्वित भएको बताउनुभयो | फाउन्डेसनका सदस्य सचिव अमूल्य राणाले मिरा सेन्टरले उदाहरणीय तथा बालमैत्री काम गरेकोमा बधाई ज्ञापन गर्नुभयो |

वरिष्ठ कलाकार हरिवंश आचार्यले मिरा सेन्टरलाई सहयोग गरेकोमा माजोंग फाउन्डेसनलाई धन्यवाद दिनुभयो | चाइल्ड रिचका सल्लाहकार डा. छिरिङ लामा, निर्देशक उर्गेन लामा, मिरा सेन्टरकी रमिला आचार्य, फाउन्डेसनका सल्लाहकार मुरारी बहादुर कार्की लगायतको उक्त समारोहमा उपस्थिति थियो |

त्यस्तै माजोंग फाउन्डेसनले भाग्योदय मा वि साँखु, शारदादेवी माध्यमिक विद्यालय प्रताप, महेन्द्र बाल निमावि, उग्रतारा मावि, घुमारीचोक, कालिका मावि पौवा, गणेश प्रावि तथा श्री साँखु प्राविका १२ सय विद्यार्थीहरूलाई स्कुल ब्याग, स्टेसनरी, टिफिन बक्स, वाटर बोतल तथा पोषण सामग्री वितरण गरेको थियो | फाउन्डेसनका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक काममा माजोंग फाउन्डेसन क्रियाशीलता हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो |