मिनेन्द्रले पत्ता लगाए बजेटमा त्रुटि नै त्रुटि - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

मिनेन्द्रले पत्ता लगाए बजेटमा त्रुटि नै त्रुटि



काठमाडौं -नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसूची २ मा त्रुटि भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय अन्र्तगतका ख , घ र ङ मा उल्लेख भएका विषयसंग जोडिएको अनुसूची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटि सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैया थप आउँछ भनि लेखिएको छ । बर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६/७७ को लक्ष्यमा ११ खर्ब १२ अर्ब राखिएको छ । नयाँ संरचना परिर्वतनबाट कर थपिने हो कि घट्ने हो रु नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो । कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो ।’

उनले बजेट पुस्तिकाको यो त्रुटि सामान्य त्रुटि नभएको जिकिर गरे । राजश्वको अनुमान ठिक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अध्याँरोमा कुरा गर्या जस्तो मात्रै हुने उनको तर्क थियो ।

उनले भने, ‘हामीले करका दर परिर्वतन गरेर राजश्व घटाउँदै छौ कि बढाउँदै छौ ? अर्थमन्त्रीज्युबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस् ।’

सांसद रिजालले सोमबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसंग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटी बारे ध्यानाकर्षण गराएका हुन् ।