कांग्रेस नेता मीन विश्वकर्मा भेन्टिलेटरमा - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

कांग्रेस नेता मीन विश्वकर्मा भेन्टिलेटरमा



काठमाडौँ- पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई शनिबार आईसीयूबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

कात्तिक १ गते कोरोना पुष्टि भएपछि ८ दिनसम्म होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य सुधार नभएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

वीर अस्पतालमा उपचार गराएको तीन दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई ग्राण्डी अस्पतालमा राखेर उपचार भइरहेको छ ।