न्याय माग्दै मिलन पाण्डे सर्वोच्च अदालतमा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

न्याय माग्दै मिलन पाण्डे सर्वोच्च अदालतमा



विवेकशील साझा पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे सर्वोच्च अदालत जाने भएका छन्। पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले किर्ते माइन्युट पेश गरेका दाबी गर्दै पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने नेता हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

‘निर्वाचन आयोगको निर्णयमा पुनरावलोकन गर्न केन्द्रीय संयोजक मिलन पाण्डेले दिनुभएको निवेदनमा निर्णय गर्न नचाहेको भनेर दिएको प्रतिक्रिया कानुनविपरीत छ, अन्यायपूर्ण छ र अस्वीकार्य छ,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो।

अध्यक्ष मिश्रले स्पष्टीकरण सोध्दै पार्टीका तत्कालीन संयोजक पाण्डेलाई साधारण सदस्यबाट समेत निस्कासन गरेका थिए।