मुम्बईद्वारा चेन्नईलाई १७१ को लक्ष्य : सुर्य कुमारको ५९ रन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुम्बईद्वारा चेन्नईलाई १७१ को लक्ष्य : सुर्य कुमारको ५९ रन



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्गसलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७० रन बनाएको छ ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

जारी लिगमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई एक मात्र अपराजित टोली हो । शीर्ष स्थानको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ ।

यता, रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दोस्रो जितको खोजीमा रहेको छ । अघिल्ला ३ खेलमा २ खेल गुमाएको मुम्बई २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नईविरुद्ध मुम्बई बलियो देखिएको छ । चेन्नईविरुद्ध मुम्बईले ४ खेलमा जित निकाल्दा एक खेल मात्र गुमाएको छ ।