रोहित शर्माको अर्धशतकमा चेन्नईलाई १५६ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

रोहित शर्माको अर्धशतकमा चेन्नईलाई १५६ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्गसलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ  ।

चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५५ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै इभिन लेविसले ३२ तथा हार्दिक पाण्डयाले अविजित २३ रन बनाए । क्विनटन डी कक १५ रनमा आउट हुँदा केइरन पोलार्डले अविजित १३ रन बनाए ।

चेन्नईका मिचेल स्टाननरले २ तथा दिपक चाहर र इमरान ताहिरले १/१ विकेट लिए ।

साबिक विजेता तथा शीर्ष स्थानको चेन्नई आफ्नो शीर्ष स्थानको यात्रालाई कायम राख्ने लक्ष्यमा रहेको छ । चेन्नई लिगमा नवौं जितको खोजीमा हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । चेन्नई दोस्रो स्थानको दिल्ली भन्दा २ अंकले अघि रहेको छ । र , घरेलु मैदानमा मुम्बईलाई हराएर चेन्नई अग्रता थप फराकिलो बनाउदै प्ले अफमा पुग्न चाहन्छ ।

मुम्बईविरुद्ध चेन्नई पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा समेत हुनेछ । पहिलो भेटमा चेन्नईलाई मुम्बईले ३७ रनले हराएको थियो । जुन, चेन्नईको सिजनको पहिलो हार रहेको थियो ।

यता, रोहित शर्माको कप्तानीमा रहेको मुम्बई चेन्नईलाई हराउँदै लिगको दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । १० खेलमा १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा छ ।

यस्तै मुम्बई अघिल्लो खेलको नतिजालाई कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छ।