मुम्बईको खल्लो खेल : सस्तो लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मुम्बईको खल्लो खेल : सस्तो लक्ष्य



एजेन्सी – शीर्षक्रम तथा मध्यक्रमका ब्याट्सम्यानले गैर जिम्मेवार ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।

राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।

अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई पोलार्डले २ चौका र १ छक्का सहित १९ रन जोपछि मुम्बई सस्तैमा समेटिनबाट बचेको हो । विष्फोटक ब्याटिङ गरेका पोलार्ड २६ बलमा २ चौका र४ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे ।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सुर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भएपछि मुम्बई १६.३ ओभरमा ८६ ( ६ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो ओभरको चौथो बलमा रोहितलाई मोहम्मद नाबीले दिपक हुड्डाबाट क्याच आउट गराए । पाँचौ ओभरको अन्तिम बलमा सुर्यकुमार यादवलाई सन्दीप शर्माले एलवी डब्लू आउट गरे । त्यस्तै ९ औं ओभरको दोस्रो बलमा सिद्धार्थ कौलले क्विन्टन डीककलाई हुड्डाबाटै क्याच आउट गराएका थिए ।

मुम्बईका ब्याट्सम्यानको गैरजिम्मेवारी ब्याटिङ यतिकैमा रोकिएन । कौललेनै विकेटकीपर जोनी बेयरस्टोबाट १२ ओभरको चौथो बलमा कु्रनाल र १३ ओभरको पाँचौ बलमा किशन रन आउट हुन पुगे । यस भन्दा अघिका खेलमा उत्कृष्ट फिनिसिङ गरेका हार्दिकलाई १७ ओभरको तेस्रो बलमा राशिद खानले विजय शंकरबाट क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको आसा पनि सकिएको थियो ।

हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट हात पारे ।