आइपिएल : विराट कोहली समुहको अर्को हार - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आइपिएल : विराट कोहली समुहको अर्को हार



एजेन्सी । मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

बिहिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान विराट कोहलीले ४६ रन जोड्दा पृथ्वी पटेलले ३१ रन बनाए । मोइन अली १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

यो जितसंगै मुम्बईले २ खेलबाट ४ अंक जोडेको छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बैंगलोर साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो ।