१ सय ७७ रनको लक्ष्य : मुम्बई र पन्जाबको खेल जारी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

१ सय ७७ रनको लक्ष्य : मुम्बई र पन्जाबको खेल जारी



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले जितका लागि किङ्गस इलाभेन पन्जाबलाई १७७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । मुम्बईका लागि क्विनटन डी ककले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान रोहित शर्माले ३२ तथा हार्दिक पाण्डेयले ३१ रन बनाए । युवराज सिंहले १८ रन जोडे । पन्जाबका मोहमद शामी, मुरूगन आश्विन र हार्डुस भिल्जोइनले २/२ विकेट लिए ।

आज दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीले अघिल्ला २ खेलमा एक हार र एक जित निकालेका थिए ।