मेयरको हत्या - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मेयरको हत्या



वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।

एउटा परोपकारी कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भन्नुभयो ।

मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।