मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न



काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले नगर प्रमुख श्यामप्रसाद यादव र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले विद्युत चोरी गरेको फेला पारेको हो ।

प्रमुख र वडाध्यक्षले हुकिङ गरी घरमा विद्युत लिएर प्रयोग गरिरहेको पाइएपछि प्राधिकरणको टोलीले लाइन काटेको छ । वडाध्यक्ष यादवले मिटर बाइपास गरी आफ्नो घरमा बिजुली प्रयोग गर्नुका साथै दाजुभाइको घरमा समेत आफूले चोरेको बिजुली दिएका थिए ।

नगर प्रमुख र वडाध्यक्षले चोरी गरेको विद्युतकाे बिगो र जरिवाना तिर्ने भएका छन् । समाचार कारोबार दैनिकमा छ ।