तलबको केहि रकम बिरामीको उपचारमा खर्च गर्ने मेयरको घोषणा
सिरहा । सिरहाको कर्जन्हामा रहेको फुलकुमारी मेमोरियल हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सुरु भएको छ ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कर्जन्हाका नगरप्रमुख (मेयर) गंगा पासमानले आफ्नो तलबबाट प्रत्येक महिनामा ५ हजार रुपैयाँ गरिब दलित असहाय तथा अपांगको उपचारका लागि फुलकुमारी मेमोरियल हस्पिटलमा कोष खडा गरि रकम दिने घोषण गरे ।
नगरवासीलाई स्वस्थ्य राख्न नगरपालिकाबाट कुनै कसुर नहुने तथा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम छिटै आउने उनले बताए ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम यहाँका जनताका लागि अत्यन्तै आवश्यक भएको र सुरक्षित सन्तानलाई जन्म दिनु सबैको अधिकार समेत भएको हुँदा यो कार्यक्रम लागू गरिएको नगर प्रमुख पासवानले बताए ।
फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना रहेका सबै बिरामीहरुलाई भेट गर्दै उनले उपचारमा के कस्तो समस्या रहेको बुझ्दै फलफुल समेत वितरण गरे ।
निःशुल्क भन्दा गुणस्तरीय उपचार दिनु अहिलेको आवश्यकता भएको हस्पिटल कर्जन्हाका मेडिकल डाइरेक्टर डा. शिवशंकर साहले बताए ।
कर्जन्हामा रहेको फुलकुमारी मेमोरियल हस्पिटलले नगरवासीलगायत सबै स्थानका अनेक प्रकारका बिरामीलाई सेवा दिन तत्पर रहेको उनले बताए ।