खान नपाएर जनताको मृत्यु भए प्रधानमन्त्रीलाई हत्कडी लगाउनु पर्छ: मेयर द्वारीकालाल चौधरी
काठमाडौँ– सधै चर्चामा रहने इटहरीका मेयर द्वारीकालाल चौधरीले देशमा कसैको ज्यान गएको खण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाउनुपर्ने बताएका छन् । उनले लकडाउनको समयमा खान नपाएर कसैको ज्यान गएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउनुपर्ने बताएपछि उनी फेरि विवादमा तानिएका हुन् ।
उनले एक छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाउनु पर्ने बताएका हुन् । उनले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी गरेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको थिए ।
देशमा विकराल अवस्था आएको भन्दै मेयर चौधरीले संघीय गणतन्त्रमा पनि जनताले दुख पाउनुपर्ने अवस्था आउनु निकै दुखद भएको बताए ।
निरन्तरको लकडाउन र निषेधाज्ञाले खान नपाएर जनता समस्यामा परेको भन्दै लकडाउन गरेपनि सरकारले सबै नागरिकलाई खान दिनुपर्ने बताए । कसैले मुद्धा हाले सरकारलाई मुद्धा लाग्ने बताएका छन् ।
सरकारले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएन, खान नै नपाएर कति मान्छे छटपटाइरहेका छन्, यो सबैको जिम्मा सरकारले लिनुपर्छ । खान पौने अधिकार संविधानमा छ, कसैले मुद्धा दियो भने सरकारलाई मुद्धा लाग्छ उनले भने ।
अन्य कारणले ज्यान गएको अवस्था भए फरक पर्दैन तर खानै नपाएर ज्यान गयो भने प्रधानमन्त्रीलाई नै हत्कडी लगाउनु पर्छ मेयर चौधरीले बताए ।