मेयरमा लड्न मन्त्रीबाट राजीनामा, टिकट नपाएपछि फिर्ता - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

मेयरमा लड्न मन्त्रीबाट राजीनामा, टिकट नपाएपछि फिर्ता



जनकपुरधाम- मेयरको टिकट नपाएपछि मधेस प्रदेशका एक मन्त्रीले दिइसकेको राजीनामा फेरि फिर्ता लिएका छन्।

मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्ने भन्दै शुक्रबार मात्र पदबाट राजीनामा दिएका थिए।

तर, त्यहाँ नेकपा एकीकृत समाजवादी पार्टीलाई मेयर पद नदिने सत्ता गठबन्धनमा निर्णय भएपछि यादवले आइतबार राजीनामा फिर्ता लिएका हुन्। उनले भने, ‘टिकट सुनिश्चित नभएपछि मन्त्री र सांसद पदबाट दिएको राजीनामा फेरि फिर्ता लिएको छु।’

आफूले राजीनामाका लागि शुक्रबार प्रदेश सभा सचिवालयमा निवेदन दिए पनि दर्ता नभएकोले राजीनामा फिर्ता लिन सहज भएको यादवले जानकारी दिए।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले मन्त्री पदबाट यादवले दिएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता नगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जस्ताको त्यस्तै फिर्ता पठाइएकोले उनलाई राजीनामा फिर्ता लिन सहज भएको प्रतिक्रिया दिए।

यादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन्।