नेपालगञ्जका मेयर नै संघीयता खारेजीको माग गर्दै आन्दोलनमा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नेपालगञ्जका मेयर नै संघीयता खारेजीको माग गर्दै आन्दोलनमा



नेपालगञ्ज- संघीयता खर्चिलो भएको गुनासो आइरहेका बेला संघियता खारेजीका माग गर्दै नेपालगञ्जमा महिलाहरूले प्रर्दशन गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट महिला संगठनले बाँकेको नेपालगञ्जमा सोमवार प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले राजसंस्थाको पुर्नस्थापना र संघीयता खारेज गर्नुपर्ने नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

नेपालगञ्जको चारवाहीनी रोडबाट निस्केको विरोध र्याली नेपालगञ्जको भेरी अस्पताल रोड, सदरलाइन हुदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा, केन्द्रीय सदस्य पवित्रा सुव्वा, राष्ट्रिय प्रजातान्त्रिक पार्टी महिला संगठन बाँके शाखाका अध्यक्ष इन्दिरा शाही लगायतले संघीयता नेपाली नागरिकका लागि थामि नसक्नु बोझ बनेको दावी गरेका थिए ।

संघीयता नेपाली माटो अनुरुपको अभ्यास नभएको दावी गर्दै नेताहरूले संघीयता खारेज नगरे मुलुकमा विभाजनको विऊ रोपिने चेतावनी दिएका थिए । राजसंस्था नेपालको लागि अनिवार्य संस्था भएकोले राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग पनि उनीहरूको थियो ।

विरोध र्यालीमा महिलामैत्री क्वारेन्टाइनको ब्यबस्था गर, भ्रष्टाचारको अन्त्य गर, भ्रस्टाचारीलाई कारवाही गर, महिला हिंसा बन्द गर, पीसीआर टेस्टको दायरा वृद्धि गर, क्यारेन्टाइनमा भएको बलात्कार काण्डका दोषीलाई कारवाही गर, पिडितलाई क्षतिपूर्ति दे, जस्ता नाराबाजी लगाइएको थियो ।