मेयर शाक्य विरुद्ध अदालतमा मुद्दा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मेयर शाक्य विरुद्ध अदालतमा मुद्दा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् ।

उच्च अदालत पाटनबाट डेढवर्षअघि सेवानिवृत भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको आरोप दाबीसहित खिचोला मिटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् ।

काठमाडौं २ लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ । त्यसमै विवाद हुँदा उनी अदालत पुगेका हुन् । शाक्यको जग्गा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भदै उनी अदालत पुगेको हुन् ।